Sadarline
२०८३ असोज २६ , सोमबार

बाँकेमा आइतवार ३ जनामा कोभिड पुष्टि



नेपालगञ्ज : बाँकेमा आइतवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६४ जनाको पीसीआर परीक्षणमा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा २२ जनाको परीक्षण गर्दा २ जना र मेडिकल कलेज कोहलपुरमा ३२ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्याबमा १० जनाको नमुना जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ९ सय ३१ पुगेको छ ।

प्रकाशित मिति : २०७८ फागुन २२ गते आइतबार
ताजा समाचार