२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा ६ संक्रमित थपिए, ८ डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक सय जनाको पीसीआर परीक्षणमा पाँच जनामा र जमुनाहा नाकामा २ ७८ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा तीनजना र मेडिकल कलेजमा दुईजनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका एकजना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ९ सय २९ पुगेको छ ।

यस्तै ८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार पाँच सय ७६ पुगेको छ । अस्पतालमा पनि विरामीको संख्या ह्वात्तै घटेको छ ।

भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा दुई जना विरामी उपचारत छन् । उनीहरु मध्यमखाले विरामी भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फागुन २० गते शुक्रबार
ताजा समाचार