Sadarline
२०८३ असोज २६ , सोमबार

निजामती कर्मचारी युनियनको अध्यक्षमा पोखरेल निर्वाचित



नेपालगञ्ज : नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारीको युनियनको केन्द्रिय अध्यक्षमा गोपालप्रसाद पोखरेल पुनः दोहोरिएका छन् ।

सोमवार राती सम्पन्न निर्वाचन परिणाम अनुसार अध्यक्षमा पोखरेल पुनः निर्वाचित भएका हुन् । उनले सुरेन्द्रकुमार अधिकारी र सुशील केसीलाई पराजित गरेका हुन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा उनकै प्यानलका उत्तम कटुवाल निर्वाचित भएका छन् । महासचिवमा जनकबहादुर रावल निर्वाचित भएका छन् । उनले सुरेन्द्रकुमार अधिकारी प्यानलबाट उम्मेदवारी दिएका थिए ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, खुला उपाध्यक्ष तथा उपमहासचिवमा गोपाल पोखरेल प्यानल विजयी भएको छ भने महासचिवलगायत केही पदाधिकारीमा अधिकारी प्यानल विजय भएको छ ।

खुला उपाध्यक्षमा यज्ञ वली विजयी भएका छन् । उनले गोपाल पोखरेल प्यानलबाट चुनाव लडेका थिए । प्रदेश उपाध्यक्षमा प्रदेश १ बाट मानबहादुर बन, मधेस प्रदेशबाट राजकिशोर राउत, बागमतीबाट श्रीराम लम्साल, गण्डकीबाट दिपक रेग्मी, लुम्बिनीबाट मदन गौतम, कर्णालीबाट चन्द्रबहादुर खड्का, तथा सुदूरपश्चिमबाट धर्मबहादुर देउवा विजयी भएका छन् ।

यसैगरी संघीय उपाध्यक्षमा तेजबहादुर केसी, जनजाती उपाध्यक्षमा पुरण गुरुङ, मधेसी उपाध्यक्षमा अशोक रौनियार, पिछडिएको क्षेत्रबाट कृष्ण सेजुवाल तथा श्रेणीविहीन उपाध्यक्षमा सोम कोइराला विजयी भएका छन्।

यसैगरी खुला सचिवमा कुलप्रसाद भट्टराई, जगत पाठक, प्रकाश भट्टराई र झविन्द्र पोखरेल विजयी भएका छन् । कोषाध्यक्षमा प्रयास घिमिरे विजयी भएका छन् ।

प्रकाशित मिति : २०७८ फागुन २४ गते मंगलबार
ताजा समाचार