२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

खजुरा क्यान्सर अस्पताल विकास समितिको प्रवक्तामा यादव



नेपालगञ्ज : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको प्रवक्तामा सूर्यलाल यादवलाई नियुक्त गरिएको छ ।

क्यान्सर अस्पताल विकास समितिको मंगलबार बसेको बैठकले समितिका सदस्य यादवलाई अस्पताल विकास समितिको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।

समितिका अध्यक्ष किशोर थापाको अध्यक्षमा बसेको बैठकले अस्पतालको विकास तथा समितिसंगको समन्वय सहकार्य बढाउन बिभिन्न निर्णय गरेको हो ।

बैठकले अस्पतालमा आउने बिरामीलाई सुलभ सेवा प्रदान गर्न एमआरआई खरिद गर्ने, थप भवन निर्माणका लागि माग गर्ने, सदस्यहरुलाई सेवा शुल्कमा सुविधा प्रदान गर्ने, अस्पताल परिसरमा हाइमास्ट लाइट जडान गर्ने लगायतका निर्णय गरेको समितिका प्रवक्ता यादवले जानकारी दिए ।

यादवका अनुसार अस्पतालले थुप्रै कुराहरुमा व्यवस्थापन गर्ने र नयाँ ट्रेण्डहरु शुरु गर्न चाहिररहेको छ । यो अस्पताल पश्चिम नेपालकै क्यान्सर बिरामीहरुका लागि नयाँ गन्तव्य बनेको छ ।

प्रकाशित मिति : २०७८ चैत २ गते बुधबार
ताजा समाचार