२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा शनिवार २५ संक्रमित थपिए, २५ डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा २५ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट १९ र एन्टिजेन परीक्षणबाट ६ गरी २५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

भेरी अस्पतालको पीसीआर ल्यावमा ८, कोहलपुर मेडिकल कलेजमा ९ जना र बागेश्वरी ल्यावमा २ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यी तीन अस्पतालमा ६३ जनाको नमुना जाँच भएको थियो ।

यस्तै भारतबाट फर्किने ३५८ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँके जिल्लाका ९ जना छन् ।

योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ८७४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या जिल्लामा १९ हजार ४३१ पुगेको छ ।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिबार
ताजा समाचार