२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा शनिवार १६ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ११ र एन्टिजेन परीक्षणमा ५ जना गरी ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको पीसीआर ल्याबमा ६ र मेडिकल कलेज कोहलपुरमा ५ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

यस्तै जमुनाहा नाकामा २५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकामध्ये ५ जना बाँकेका छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९२८ पुगेको छ ।

यस्तै थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ५५८ पुगेको छ ।

प्रकाशित मिति : २०७८ फागुन १४ गते शनिबार
ताजा समाचार