२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा ४८ संक्रमित थपिए, ८९ डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ४३ र एन्टिजेन परीक्षणमा ५ जनागरी ४८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा ९६ जनाको नमुना जाँच्दा ४३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरीमा ३०, कोहलपुर मेडिकल कलेजमा १० र बागेश्वरी ल्यावमा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै जमुनाहा नाकामा २७५ जनाको एन्टिजेन जाँच गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये बाँकेका २५ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ७८० पुगेको छ ।

यस्तै थप ८९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार १ सय ३६ पुगेको छ ।

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रबार
ताजा समाचार