२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा बुधवार ९ जनामा कोभिड पुष्टि



नेपालगञ्ज : बाँकेमा बुधवार थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६५ जनाको नमुना जाँच गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ७ र मेडिकल कलेज कोहलपुरमा २ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । संक्रमण पुष्टि भएकामध्ये बाँकेका ४ जना छन् ।

योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ९२३ पुगेको छ । यस्तै थप २ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ५४६ पुगेको छ ।

प्रकाशित मिति : २०७८ फागुन ११ गते बुधबार
ताजा समाचार