२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

छारे रोग बारे नेपालगन्जमा अन्तरक्रिया



नेपालगन्ज : नेपालगन्जमा छारे रोग बारे अन्तरक्रिया गरिएको छ । अन्तराष्ट्रिय छारेरोग दिवसको अवसर पारेर सो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा न्युरो सर्जन डाक्टर जोशन न्यौपानेले शरीरको सबै भाग नियन्त्रण गर्ने दिमाग न्यून मात्राको करेन्टको (माइक्रो भोल्ट) सञ्चारले चल्ने र कारणबस करेन्टको सञ्चार धेरै मात्रामा भए सोही दिमागको हिस्साले नियन्त्रण गर्ने शरीरका अंगमा अचानक करेन्ट लागे झैँ झट्का दिनु नै छारे रोग भएको बताए ।

नेपालगन्ज न्युरो ट्रमा एण्ड मल्टि–स्पेसालिटी सेन्टरको आयोजनामा आयोजित सो कार्यक्रममा बोल्दै न्युरो सर्जन डाक्टर न्यौपानेले नियमित औषधि सेवनले रोग पुर्णरुपमा निको हुन नसकेपनि नियन्त्रण भने गर्न सकिने जानकारी दिए ।

छारे रोगका लक्षणहरु
मुर्छा पर्ने, हात खुट्टा काप्ने, शरीर लल्याक–लुलुक हुने, आँखा फर्काउने, फिंज काढ्ने, जिब्रो टोक्ने, बेहोस हुने र आचानक लड्ने जस्ता लक्षणहरु छारे रोगका लक्षणहरु भएको बताउदै युरो सर्जन न्यौपानेले यस्तो अवस्थामा विरामिलाई जोखिम युक्त स्थानबाट टाढा लैजाने र मुखमा केहिपनि नहाल्ने सुझाव दिए ।

साथै उनले विरामिलाई जुत्ता सुँघाउने, छुन हुदैन भनेर नजिक नजाने गरेको उल्लेख गर्दै उनले यो रोग छुँदैमा नसर्ने जानकारी दिए । साथै उनले विरामिलाई छुनै नहुने मान्यता विल्कुलै रुढिवादी सोच भएको भन्दै यहि रोगकै कारण विरामिहरु समाज तथा घरपरिवारबाटै अपहेलित हुनु दुखद् भएको बताए ।

छारे रोगका कारण तथा निराकरण

नियमित खानपानमा सामान्य ध्यान नदिंदापनि छारे रोग हुन सक्ने न्युरो सर्जन डाक्टर जोशन न्यौपाने बताउछन् । उनले भने– ‘छारे रोग थुप्रै कारणहरु ले हुन सक्छ । बच्चा जन्मदा टाउकोमा चोट लागेमा, मस्तिकमा इन्फेक्शन भएमा, टाउकोको चोटका कारण पनि हुन सक्छ । यस्तै मस्तिकमा रक्तश्राव भएमा नाम्ले जुकाको अन्डाको संक्रमण भएमा, अत्याधिक मदिरा सेवन गरेमा र बंसागुणत गुणका कारण पनि छारे रोग लाग्न सक्छ ।’

छारे रोगको कारण पत्ता लगाउन सके र सो कारण निराकरण गर्नसके छारे रोगका अत्यधिक केशहरु पुर्णरुपमा निको हुने सर्जन न्यौपाने दावि गर्छन् । उमालेको वा सुद्ध पानी मात्र पिउने, टाउकोमा चोटपटक लाग्न नदिने, काँचो साग, सलाद, फलफूल बोक्रा फालेर पानीले राम्रोसँग पखालेर मात्र खाने, टाउकोमा चोटपटक लाग्न नदिने, बालबालिकाहरुलाई ज्वरो आउँदा समयमै उपचार गर्ने र अनिँदो नबस्ने गरेमा छारे रोगबाट बच्न सकिने अत्यधिक सम्भावना रहेको उनि बताउछन् ।

‘कहिले कहिँ यी सब गर्दागर्दै पनि छरे रोग हुन सक्छ, त्यसकारण छारेरोग लागेको व्यक्तिलाई झारफुक र जडिबुटि तिर होईन औषधि उपचार तिर लैजानु पर्छ,’–उनले भने ।

प्रकाशित मिति : २०७८ फागुन २ गते सोमबार
ताजा समाचार