२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा ३ जना संक्रमित थपिए, १ डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा मंगलवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ४६ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा ३० नमुना जाँच्दा २ र मेडिकल कलेज कोहलपुरमा १६ नमुना परीक्षण गर्दा १ जनामा कोरोना देखिएको हो । संक्रमण पुष्टि भएका तीनै जना बाँकेका हुन् ।

योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय ६ पुगेको छ । यस्तै थप १ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ४८ पुगेको छ ।

प्रकाशित मिति : २०७८ पुस २० गते मंगलबार
ताजा समाचार