२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा मंगलवार ७७ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा मंगलवार थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ४५ नमुना जाँच गर्दा ७७ जनामा भाइरस संक्रमण देखिएको हो ।

भेरी अस्पतालमा ७१ नमुना जाँच गर्दा ४१, मेडिकल कलेज कोहलपुरमा ५५ नमुना जाँच गर्दा २८ र बागेश्वरी ल्यावमा १९ नमुना जाँच गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९–व्यवस्थापन केन्द्रले जनाएको छ ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५१ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ७ सय ७१ पुगेको छ ।

प्रकाशित मिति : २०७८ माघ ४ गते मंगलबार
ताजा समाचार