२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा आइतवार कोरोना संक्रमण दर शून्य



नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर शून्य भएको छ । आइतवार जिल्लाका तीनवटा प्रयोगशालामा ५६ जनाको नमुना परीक्षण गर्दा कसैलाई पनि कोरोना संक्रमण पोजेटिभ नदेखिएपछि संक्रमण दर शून्य भएको हो ।

भेरी अस्पतालमा १५, मेडिकल कलेज कोहलपुरमा ३२ र बागेश्वरी ल्यावमा ९ जनाको नमुना परीक्षण गर्दा कसैलाई पनि कोरोना नदेखिएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

बाँकेमा हाल सक्रिय संक्रमितको संख्या ९ जना रहेको वलीले बताए । तीमध्ये पाँचजना अस्पतालमा उपचाररत रहेका छन् । उनीहरु मध्यम खाले विरामी भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७८ पुस १८ गते आइतबार
ताजा समाचार