२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

कोरोना संक्रमणबाट बाँकेमा २ जनाको मृत्यु



नेपालगञ्ज : उपचारका लागि बाँके ल्याइएकामध्ये २ जना कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत बर्दिया र कालिकोटका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

बर्दियाबाट गत माघ १० गते भेरी अस्पतालमा भर्ना भएका ७१ वर्षीय पुरुषको मंगलवार राती साढे ११ बजे मृत्यु भएको छ भने माघ ५ गतेबाट उपचाररत शुभकालिका ५ कालिकोटका १६ वर्षीय किशोरको बुधवार बिहान सवा ११ बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज वलीले जानकारी दिएका छन् ।

वलीकका अनुसार कालिकोटका गजेन्द्र बाहेरा बाख्रा चराउन गएका बेला भिरबाट खसेर घाइते भएको र थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर ल्याइएकोमा कोरोना पुष्टि भएपछि माघ ५ गतेबाट भेरी अस्पतालमा उपचार चलिरहेको थियो ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएकामध्ये ४३९ जना कोरोना संक्रमितको मृत्यु भएको वलीले बताए ।

प्रकाशित मिति : २०७८ माघ १२ गते बुधबार
ताजा समाचार