२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

विश्व एड्स दिवसमा नेपालगञ्जमा विभिन्न कार्यक्रम



नेपालगञ्ज : ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने नाराका साथ बुधवार ३४ औं विश्व एड्स दिवस, बाँकेमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भेरी अस्पताल परिसरबाट निकालिएको ¥याली बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकलपर्सन मानव नेपाली, नेपालगञ्ज उपमहानगरपालिकाका प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सडक नाटक प्रदर्शनसँगै निःशुल्क कण्डम समेत वितरण गरिएको थियो । बाँकेमा गएको वर्ष १ सय १७ एचआइभी संक्रमित बिरामी थपिएका छन् । योसँगै जिल्लामा पहिचान भएका एचआइभी संक्रमित बिरामीको संख्या १ हजार ३ सय ३४ रहेको छ ।

अहिलेसम्म बाँकेमा ६८ जना एचआइभी संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा अहिले ५ सय २६ जनाले नियमित एआरटी सेवा लिइरहेका छन् ।

प्रकाशित मिति : २०७८ मंसिर १५ गते बुधबार
ताजा समाचार