२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा सोमवार कोरोना दर बढ्यो



नेपालगञ्ज : बाँकेमा फेरि कोरोना संक्रमितको संख्या बढेको छ । केही दिन संक्रमण दर शून्यजस्तै रहेको बाँकेमा सोमवार एकै पटक सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा ५८ नमुना परीक्षण गर्दा थप सात जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालमा २९ नमुना जाँच्दा तीन र मेडिकल कलेज कोहलपुरमा २२ नमुना जाँच्दा चार जनामा कोरोना देखिएको हो ।

बागेश्वरी ल्यावमा सात जनाको नमुना जाँच्दा कसैलाई पनि कोरोना देखिएन् । संक्रमण पुष्टि भएकामध्ये बाँकेका तीन जना रहेका छन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार चार सय ९६ पुगेको छ ।

यस्तै एक जना डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ४२ पुगेको छ ।

प्रकाशित मिति : २०७८ पुस १२ गते सोमबार
ताजा समाचार