२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा मंगलवार ५ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा मंगलवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १४९ नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा ११८ नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १७ र बागेश्वरी ल्यावमा १४ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये सबै जिल्ला बाहिरका हुन् । जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ४ सय ७१ छ ।

यस्तै मंगलवार थप २ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय १५ पुगेको छ ।

प्रकाशित मिति : २०७८ मंसिर २१ गते मंगलबार
ताजा समाचार