नेपालगञ्ज कन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई आत्मसुरक्षा सम्बन्धी तालिम

सदरलाइन संवाददाता २४ मंसिर २०७८, शुक्रबार १८:५९
 


नेपालगञ्ज  : अंतरराष्ट्रीय मानव अधिकार दिवसको अवसरमा नेपालगञ्ज उप–महानगरपालिका वड़ान ४ मा रहेको नेपालगञ्ज कन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई आत्मसुरक्षा सम्बन्धी सचेतना मुलक तालिम प्रदान गरिएको छ ।

शुक्रवार नेपाल इकरा एजुकेशनल फाउन्डेशनको आयोजना तथा मुस्लिम बुद्धिजिवि समाज नेपालको सहकार्यमा महिलाको हक अधिकारको सुनिश्चितता, प्रत्याभूति र संरक्षण संवद्र्धनलाई प्रभावकारी ढँगबाट अगाडि बढाउन तथा दिनहुँ नेपाली समाजमा हुने गरेको महिला हिंसा उन्मुलन गर्ने उद्देश्यका साथ सो तालिमको आयोजना गरेको हो ।

नेपालगञ्ज कन्या माध्यमिक विद्यालयको परामर्शदाता किरण आचार्यको परामर्शमा प्रारम्भ भएको सो सचेतना मूलक तालिममा इकरा एजुकेशनल फाउंडेशनका संस्थापक अध्यक्ष शक्तिकुमार बंशकार (अब्दुल कवि) अधिकारकर्मी शाहिदा शाह विद्यालयका प्रधानध्यापक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो ।


तालिम तथा प्रशिक्षण कार्यक्रममा महिला हिंसालाई न्यूनीकरण गर्न शारीरिक रूपमा महिला तयार हुनु पर्ने कुरामा जोड दिनु आवश्यक रहेकोमा जोड दिंदै यस प्रकारको तालिम तथा प्रशिक्षणबाट माहिला आत्मनिर्भर हुन सक्ने भएकोले प्रशिक्षणको आयोजना गरिएको इकरा एजुकेशनल फाउंडेशनका संस्थापक अध्यक्ष बंशकारले बताए ।

महिला सुरक्षा र अधिकारको बिषयमा केन्द्रित भई महिलालाई आत्मनिर्भर बनाउन आयोजना गरिएको आत्म सुरक्षा सम्बन्धीको सो तालिम तथा प्रशिक्षण कार्यक्रमका लागि नेपालगञ्ज कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापकले आयोजक संस्थालाई धन्यवाद दिदै यस प्रकारको तालिम तथा प्रशिक्षण कार्यक्रमका लागि आगामी दिनहरुमा पनि बिद्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान समापन

२४ मंसिर २०७८, शुक्रबार १८:५९
नेपालगञ्ज : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुक्रबार समापन गरिएको छ । ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मुल नाराका साथ गत नभेम्बर २५ तारिकदेखि सुरु गरिएको अभियानको अवसरमा नेपालगञ्ज उपमहानगरको आयोजनामा विभिन्न संघसस्थाहरुको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा […]