आशा अधिकारीको उपचारको लागि मलेसियाबाट आर्थिक सहयोग

२२ पुष २०७३, शुक्रबार ०८:५०
 

दिनेश खड्का खप्तडी /सदरलाइन 
२२ पुस, मलेसिया :  तनहुँ व्यास–४ फराकचौरकी सेतो रक्तकोशिको रक्तअल्पताबाट ग्रसित आशा अधिकारीको उपचारका लागि संचालित आशा अधिकारी बचाउ अभियान मलेसियाबाट रकम संकलन गरी पीडितकहाँ पठाउन सुरु गरिएको छ ।
हालसम्म संकलन भएको रकम ४३ हजार ३ सय नौ रुपैया तनहुँका स्थानीय पत्रकार तथा दमौली एफएमका म्यानेजर पवन पौडेल मार्फत परिवारलाई उपलब्ध गराउने गरी पठाईएको छ ।
मलेसियामा रहेका तनहुँवासीको सक्रियतामा सो सहयोग रकम सँकलन गरिएको अभियानमा सक्रिय समाजसेवी रमेशप्रसाद आचार्यले जानकारी दिए । सामाजिक सञ्जाल फेसबुक ग्रुपमार्फत थालिएको सहयोग संकलन अभियानमा मलेसिया रोजगारीमा रहेका नेपालीहरुले सहयोग प्रदान गरेका थिए । समाजसेवी आचार्य कै बैंक खातामा रकम सँकलन भएको थियो । उपचार सम्भव भए पनि महँगो भएका कारण आशाका परिवारले शुभेच्छुकहरुसँग सहयोग दिनका लागि गरेको आह्वान पछि अभियान सन्चालन भएको आचार्यले बताए ।
पीडित आशाका पिता राजेन्द्र अधिकारी हाल वैदेशिक रोजगारीका शिलशिलामा मलेसियामै छन् । नौ लाख खर्च भैसके पनि अझै २० लाख रुपैयाँ उनको उपचारका लागि आवश्यक पर्ने चिकित्सकको भनाइ छ । मलेसियामै कार्यरत उनका सहकर्मी तथा छिमेकी नेपालीहरुले थालेको सहयोग अभियान निरन्तर जारि रहने आचार्यले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेमिनर तथा सांस्कृतिक कार्यक्रम

२२ पुष २०७३, शुक्रबार ०८:५०
दिनेश खड्का खप्तडी /सदरलाइन  २२ पुस, मलेसिया   : पछिल्लो समय प्रवास मै रहेर कहि समय अनलाईनको माध्यमलाई सहि प्रयोग गर्दै स्वास्थ्य नै धन हो भने मुल उदेश्यमा केन्द्रीत रहेर मलेसिया केलाङ DXN परिवारद्वारा चाईनिज नयाँ वर्षको अवसरमा सस्कृतीक कार्यक्रम हुने भएको छ । DXN हाम्रा लागि किन आवश्यक यसलाई कसरी समाजमा […]