लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान समापन

सदरलाइन संवाददाता २४ मंसिर २०७८, शुक्रबार १९:१७
 


नेपालगञ्ज : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुक्रबार समापन गरिएको छ । ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मुल नाराका साथ गत नभेम्बर २५ तारिकदेखि सुरु गरिएको अभियानको अवसरमा नेपालगञ्ज उपमहानगरको आयोजनामा विभिन्न संघसस्थाहरुको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले लैङ्गिक हिंसाविरुद्ध आवाज उठाउनको लागि अभियान नै कुर्न नपर्ने कुरामा जोड दिईन ।

लैङ्गिक हिंसाविरुद्धका विभिन्न खाले चेतनामुलक कार्यक्रमहरु आयोजना गरिएको उपमहानगरका उपप्रमुख उमा थापामगरको भनाई छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ ।


संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो ।

कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरका प्रमुख डा. धवल शम्शेर राणाले उपमहानगरपािलका महिला तथा बालबालिकाको क्षेत्रमा अत्यन्तै संबेदनशिल भएको कुरामा जोड दिदै न्युनिकरणमा सबैको सहकार्य हुन आवश्यक रहेको बताए ।

नेपालगन्ज उपमहानगरबाट सुरु भएको ¥यालीले सुर्खेतरोड, चारबाहिनी, भेरी अस्पताल हुँदै बालमन्दिर अगाडिको रामलिला र्मैदानमा पुगेर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा प्रमुख प्रशाशकिय अधिकृत गुरुदत्त सुवेदी, विभिन्न संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

योग समिति नेपालको अध्यक्षमा भट्टराई

२४ मंसिर २०७८, शुक्रबार १९:१७
नेपालगञ्ज : योग समिति नेपालको दोश्रो अधिवेशन आज नेपालगञ्जमा सम्पन्न भएको छ । अविधेशनले योग गुरु गिरिराज शर्मा भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । सर्वसम्मरुपमा चयन भएको समितिको उपाध्यक्षमा लोकमाया सुवेदी ‘सुमित्रा’, पुरुष उपाध्यक्षमा जगदीश चन्द्र तिमिल्सेना, कोषाध्यक्षमा अम्बिका कोइराला, सहकोषाध्यक्षमा मन्दराज शर्मा ‘विन्दु’, सचिवमा निर्मला […]

सम्बन्धित