अफगानी सेनाको कारबाहीमा आठ तालिबानी लडाकु मारिए

सदरलाइन संवाददाता २६ मंसिर २०७७, शुक्रबार १५:००
 

काठमाण्डौ : अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगानी सेनाले गरेको हवाई कारबाहीमा परि यहाँका कम्तीमा पनि आठ जना तालिबानी मारिएका छन् ।

ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चार जना घाइते भएका यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ । यस प्रान्तको साराइयाब क्षेत्रमा तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा उनीहरु मारिएका बताइएको छ ।


त्यस क्षेत्रका केही समययतादेखि उनीहरुले आतंककारी क्रियाकलाप गरेका थिए । पछिल्लो समयमा अफगानिस्तानको सरकार र तालिबानीबीच कतारमा वार्ता सुरु भएको भनिएको भए पनि हिंसा भने रोकिएको छैन ।

तालिबानीहरुले वार्ताका क्रममा युद्धविराम गरेको भने पनि उनीहरुले हिंसात्मक आक्रमण गर्न भने रोकेका छैनन् ।

Next Post

सशस्त्र प्रहरीले बरामद गर्यो ठुलो परिमाणको कपडा

२६ मंसिर २०७७, शुक्रबार १५:००
नेपालगञ्ज : सशस्त्र प्रहरीले भारतबाट ल्याउँदै गरिएको ठुलो परिमाणको अवैध सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको नेतृत्वमा गएको गस्ती टोलीले शुक्रवार बिहान ४ बजे नेपालगञ्ज १५ को जमुनहामा भारतबाट भित्रिँदै गरेको अवैध कपडा लगायतका सामग्री बरामद गरेको […]

सम्बन्धित