बाँकेमा ३६ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ४ असार २०७८, शुक्रबार १६:३५
 

नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १ सय २५ नमुना नमुना परीक्षण गरिएकोमा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल प्रयोगशालमा ७२ नमुना परीक्षण गर्दा ३४ जना, मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा ३८ नमुना परीक्षण गर्दा एक र बागेश्वरी ल्यावमा १५ वटा नमुना परीक्षण गर्दा एकजनामा भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये जिल्लाका एकजना महिलामात्रै भएको बताइएको छ ।


पछिल्लो २४ घण्टामा २७ जना डिस्चार्ज भएका छन् । यस्तै दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना जिल्ला बाहिरका हुन् । हालसम्म बाँकेमा ८२ हजार ६ सय ४९ पीसीआर परीक्षण भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सशस्त्र प्रहरीद्धारा जमुनाहा नाकामा मास्क वितरण

४ असार २०७८, शुक्रबार १६:३५
नेपालगञ्ज : नेपालगञ्जको जमुनाह नाकामा भारतबाट फर्किने नेपालीहरुलाई ६० हजारबढी मास्क वितरण गरिएको छ । बैशाख २२ गतेदेखि असार ३ गतेसम्मको अवधिमा ६० हजार ५ सय पीस सर्जिकल मास्क वितरण गरिएको सशस्त्र प्रहरीका एसपी अशोक कुमार बमले जानकारी दिनु भयो । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको मातहत […]