बाँके मालपोत भदौ ३१ सम्म बन्द

; २८ भाद्र २०७७, आईतवार १५:४७
 

नेपालगञ्ज : भूमिसुधार तथा मालपोत कार्यालय बाँकेको सम्पुर्ण सेवा भदौ ३१ गतेसम्मका लागि बन्द गरिएको छ । प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले एक सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सम्पुर्ण सेवा भदौ ३१ गते सम्मका लागि बन्द गरिएको जनाएका हुन् ।

सुचनामा शनिवार आएको पिसिआर जाँच रिपोर्टमा मालपोत कार्यालयका १४ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि कोभिड १९ को जोखिमलाई नियन्त्रण गर्नका लागि कार्यालय आज आइतबारदेखि ३१ गतेसम्मका लागि बन्द गर्नु परेको जनाइएको छ ।


शनिवार आएको पिसिआर जाँच रिपोर्टमा उक्त कार्यालयका १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Next Post

भेरीको कोरोना आईशोलेशनमा भायनेटको निशुल्क ईन्टरनेट सेवा

२८ भाद्र २०७७, आईतवार १५:४७
नेपालगञ्ज : भेरी अस्पतालको कोरोना आईशोलेशन वार्डमा बस्ने संक्रमितलाई लक्षित गरी भायनेटले निशुल्क ईन्टरनेट सेवा उपलब्ध गराएको छ । आईशोलेशनमा बस्ने संक्रमितले ईनटरनेटको माध्यामबाट मनोबल बढाउन सक्ने भन्दै उनीहरुलाई सहजै र निशुल्क चलाउन मिल्ने गरी वार्डमा नेट सेवा जडान गरिदिएको भायनेट नेपालगञ्ज प्रबन्धक भानु रेग्मीले जानकारी दिए । भायनेटले भेरी […]

सम्बन्धित