भेरी अञ्चल अस्पतालमा सशस्त्रद्वन्द्वका घाइतेका लागि निशुल्क उपचार र मनोपरामर्श सेवा सुरु

१९ पुष २०७३, मंगलवार ०३:०४
 

सदरलाइनडटकम   
१९ पुस, नेपालगन्ज : नेपालगन्जको भेरी अंचल अस्पतालले दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका घाइतेहरुको निशुल्क उपचार र मनोपरामर्श सेवा सुरु गरेको छ । मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा रहेका सशस्त्र द्वन्द्वका बेलाका घाइते तथा अपांङ्ग व्यक्तिहरुलाई लक्षित गरी हाडजोर्नी रोगको उपचार तथा मनोविमर्श सेवा सुरु गरिएको हो ।
शान्ति कोषको साढे ७ करोड रुपैया“ आर्थिक सहयोगमा नेपालगन्जको भेरी अञ्चल अस्पतालमा सशस्त्र द्वन्द्वको समयका करिब २ हजार घाइतेको उपचार तथा २ सय ५० जनाको अपरेशन गरेर उनीहरुको जीवनलाई सहज बनाउने लक्ष्यका साथ उपचार तथा मनोपरामर्श सेवा सुरु गरिएको कार्यक्रमका फोकल पर्शन समेत रहेका भेरी अंचल अस्पतालका अर्थाेपेडिक सर्जन डा प्रकाश थापाले जानकारी दिए ।
सशस्त्र द्वन्द्वका घाइतेहरुको उपचारलाई थप प्रभाबकारी बनाई उनीहरुको जीवनलाई सहज बनाउन सघाउने उद्देश्यले सहजीकरण गर्दै स्वस्थ र सहज जीवनयापन सघाउने उपचार तथा मनोविमर्श सेवा उपलब्ध गराइने लागेको हो ।
भेरी अंचल अस्पतालमा २५ शैयाको ब्यबस्था गरेर हाडजोर्नी रोग, ढाड, नसामा अंङ्गभंङ्ग भई अपाङ्ग भएका, द्वन्द्वकालिन घटनाका कारण मानसिक समस्या खेप्दै आएका द्वन्द्व पीडितहरुलाई निःशुल्क उपचार व्यवस्था मिलाइएको भेरी अंचल अस्पतालका प्रमुख डा बीरेन्द्र बहादुर चन्दले बताए ।



यसैबीच मध्य तथा सुदूरपश्चिमका द्वन्द्वपीडित तथा अपाङ्ग व्यक्तिहरुका लागि हाड जोर्नी रोगको उपचार तथा पुनः स्थापना सेवा सुदृढीकरण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । शान्ति कोषको सचिवालयको आर्थिक सहयोगमा सो कार्यक्रम सुरु भएको हो ।
दुई दिनसम्म चलेको सो कार्यक्रममा मध्य तथा सुुदूरपश्चिमका स्थानीय शान्ति समितिका सांयोजकहरु विभिन्न अस्पतालका प्रमुखहरु लगायतको सहभागिता रहेको कार्यक्रमको उद्दघाटन सत्रमा बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थ, राप्ती उपक्षेत्रीय अस्पताल दाङ्गका मेडिकल सुपरिटेण्डेन्ट डा. जनार्दन पन्थी, भेरी अञ्चल अस्पतालका मेसु डा. बिरेन्द्र बहादुर चन्द लगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आमा बचाउ अभियान सुरु भयो

१९ पुष २०७३, मंगलवार ०३:०४
सदरलाइनडटकम  १९ पुस, नेपालगन्ज : बाँकेमा चालु आर्थिक वर्षको साढे पाँच महिनामै एक दर्जन सुत्केरी आमाको मृत्यु भएपछि सरोकारवाला निकायले आमा बचाउ अभियान सुरु गरेको छ । प्रजनन स्वास्थ्य समन्वय समिति बाँकेको आयोजनामा गरिएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थ, स्थानीय विकास अधिकारी हरि प्याकुरेल, मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक […]