२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँके आइतवार ४ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा आइतवार थप चारजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ९३ वटा नमुना परीक्षण गर्दा थप चारजनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १३ र मेडिकल कलेज कोहलपुुरमा ४२ नमुना परीक्षण गर्दा बाँकेका एकसहित चारजनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

बागेश्वरी प्रयोगशालामा ३८ नमुना परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन् । बाँकेमा कुल कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ९३ पुगेको छ ।

यस्तै थप तीन जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ४१ पुगेको छ ।

प्रकाशित मिति : २०७८ पुस ११ गते आइतबार
ताजा समाचार