२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा ३ संक्रमित थपिए, ३ डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा शुक्रवार थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ५५ नमुना परीक्षण गर्दा थप तीन जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १३ नमुना परीक्षण गर्दा तीन जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । यस्तै मेडिकल कलेज कोहलपुरमा २९ र बागेश्वरी ल्यावमा १३ नमुना जाँच्दा कसैलाई पनि कोरोना देखिएन् ।

संक्रमण पुष्टि भएका तीनै जना बाँकेका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ८६ पुगेको छ । यस्तै थप तीन जना डिस्र्चाज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय २४ पुगेको छ ।

प्रकाशित मिति : २०७८ पुस २ गते शुक्रबार
ताजा समाचार