२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा २ लाखले कोभिडविरुद्ध खोपको मात्रा पुरा गरे



नेपालगञ्ज : बाँकेमा करिव दुई लाखले कोरोनाविरुद्धको खोपको मात्रा पुरा गरेका छन् । स्वास्थ्य कार्यालय बाँकेका खोप कार्यक्रमका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार एक लाख ९७ हजार पाँच सय १७ जनाले खोपको मात्रा पुरा गरेका हुन् ।

खोप लगाउने लक्षित समूह १८ वर्ष उमेरमाथिका ४ लाख ६ हजार १ सय ६५ जनामध्ये ४८.६ प्रतिशतले खोपको दोस्रो मात्रा पुरा गरेका हुन् । पहिलो डोज लगाउनेको संख्या भने दुई लाख ६४ हजार चार सय ९१ छ ।

यो हिसावले हेर्दा ६५.१ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् । अझै जिल्लामा १ लाख ४१ हजार ६ सय ७४ जना मानिसहरु खोपको पहुँचदेखि बाहिर छन् ।

ती व्यक्तिहरुलाई खोपको पहुँचमा ल्याउन जिल्लाका आठवटै पालिकाहरुमा शनिवारबाहेक अन्यबारे नियमित खोप लगाउने अभियान चलिरहेको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ पुस ६ गते मंगलबार
ताजा समाचार