२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा मंगलवार ५ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा मंगलवार थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ५९ नमुना परीक्षण गर्दा पाँच जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २९ नमुना परीक्षण गर्दा बाँकेका चारसहित पाँचजनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार चार सय ७९ पुगेको छ ।

बागेश्वरी ल्यावमा ८ र कोहलपुर मेडिकल कलेजमा २२ नमुना जाँच्दा सबै नेगेटिभ आएको थियो ।

यस्तै मंगलवार थप एक जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्र्चाज हुनेको संख्या १८ हजार एक सय २१ पुगेको छ ।

प्रकाशित मिति : २०७८ मंसिर २८ गते मंगलबार
ताजा समाचार