२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा बिहीवार ४ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा बिहीवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ७२ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा १६ नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । मेडिकल कलेज कोहलपुरमा ३७ र बागेश्वरी ल्यावमा १९ नमुना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमण पुष्टि भएकामध्ये ३ जना बाँकेका हुन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ४ सय ८४ पुगेको छ ।

प्रकाशित मिति : २०७८ पुस १ गते बिहीबार
ताजा समाचार