२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

जिल्ला अस्पताल दैलेखमा निःशुल्क स्वास्थ्य शिविर



नेपालगञ्ज : जिल्ला अस्पताल दैलेखमा शुक्रवारदेखि दुई दिने निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । नारायण नगरपालिकाको आयोजना, जेश्वर अफ काइन्डनेसको सहकार्य र एनएमबी बैंक दैलेख शाखाको सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

वरिष्ठ विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य परिक्षणसँगै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिने जेश्वर अफ काइन्डनेसका उपाध्यक्ष डा.बिनोद प्याकुरेलले जानकारी दिए ।

शिविरमा छाती, मुटु, पेट, कलेजो, सुगर, प्रेशर, किड्नी तथा पिसाब, दम, मृगी, मानसिक तथा यौन, आँखा, दाँत, नाक,कान, घाँटी, महिला तथा प्रसूति, छाला, प्लास्टिक सर्जरी, बालरोग लगायतका विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गरिने छ । शिविरमा नेपालगञ्ज, कोहलपुर र सुर्खेतबाट दुई दर्जन बढी चिकित्सकहरुको जम्वो टोली खटिएको छ ।

प्रकाशित मिति : २०७८ मंसिर १७ गते शुक्रबार
ताजा समाचार