२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

‘ओमिक्रोन’ रोकथामका लागि जमुनाहा नाकामा कडाई



नेपालगञ्ज : अफ्रिकी मुलुकहरुमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ देखिएपछि स्थानीय प्रशासनले नेपाल–भारतका सीमा नाकाहरुमा कडाई गर्न थालेको छ ।

नेपालगञ्जको जमुनाहा नाका, कैलालीको गौरिफन्टा, कञ्चनपुरको गड्डाचौकी र दार्चुलाको पुलघाट नाकामा कडाई गरिएको हो ।

स्थानीय प्रशासनले नेपाल भित्रिने यात्रुहरुको पिसिआर रिर्पोट र दुबै डोज खोप लिएको कार्डलगायतका कागजपत्र अनिवार्यरुपमा हेर्न सुरक्षाकर्मीहरुलाई भनेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भारतबाट नेपाल प्रबेश गर्ने सबै नागरिकहरुले कोभिड खोपको दोस्रो डोज लगाएको प्रमाणपत्र देखाएमा मात्र नेपाल प्रबेश गर्न दिने, अन्यथा नेपाल प्रबेशमा रोक लगाइएको जानकारी दिए ।

नाकामा रहेको हेल्थ डेस्कका कर्मचारीहरुलाई चलाख रहन भनिएको पनि उनले बताए । त्यहीअनुसार कर्मचारीहरुले भारतबाट भित्रिने नेपालीहरुले दोस्रो डोज खोप लगाएको कार्ड देखाएपनि एन्टिजेन परीक्षण गरेर मात्रै भित्रिन दिएका छन् ।

प्रकाशित मिति : २०७८ मंसिर १६ गते बिहीबार
ताजा समाचार