२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

शुक्रवार बर्दियाका एक जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा शुक्रवार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ४९ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १६ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको छ । यस्तै मेडिकल कलेज कोहलपुरमा २९ र बागेश्वरी ल्याबमा ४ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रवार संक्रमण पुष्टि भएका व्यक्ति बर्दियाका हुन् । बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ५८ पुगेको छ ।

यस्तै शुक्रवार २ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार १०२ पुगेको छ ।

प्रकाशित मिति : २०७८ मंसिर १० गते शुक्रबार
ताजा समाचार