२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा २ संक्रमित थपिए, ३ डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा बुधवार कोरोना भाइरसका २ जना संक्रमित थपिएका छन् । जिल्लाका तीन वटा प्रयोगशालामा ६० वटा नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २९ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा १८ र बागेश्वरी प्रयोगशालामा १३ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमण पुष्टि भएका दुवैजना बाँकेका हुन् । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ४ सय ४३ पुगेको छ ।

यस्तै बुधवार ३ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ७६ पुगेको छ ।

प्रकाशित मिति : २०७८ मंसिर १ गते बुधबार
ताजा समाचार