२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

बाँकेमा सोमवार १२ जनामा कोरोना पुष्टि, ३ डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा सोमवार थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन वटा प्रयोगशालामा ८४ नमुना परीक्षण गर्दा १२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ४३ नमुना परीक्षण गर्दा ८, कोहलपुर मेडिकल कलेजमा २९ नमुना परीक्षण गर्दा ३ र बागेश्वरी ल्यावमा १२ नमुनाह परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ४ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ३९ पुगेको छ ।

यस्तै सोमवार ३ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ६९ पुगेको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक २९ गते सोमबार
ताजा समाचार