Sadarline
२०८३ असोज २८ , बुधबार

बाँकेमा सोमवार आठ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा सोमवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६६ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा ३५ नमुना परीक्षण गर्दा ६ जना, मेडिकल कलेज कोहलपुरमा १८ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्याबमा १३ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ५९ पुगेको छ ।

यस्तै सोमवार २ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ९५ पुगेको छ ।

प्रकाशित मिति : २०७८ मंसिर ६ गते सोमबार
ताजा समाचार