Sadarline
२०८३ असोज २८ , बुधबार

कोरोनाबाट बाँकेमा एकको मृत्यु



नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको आज मृत्यु भएको छ । भजनी नगरपालिका–५ कैलालीका ३३ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

कात्तिक ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि त्यसैदिन उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा सुधार नआउँदा बुधवार बिहान पौने ६ बजे मृत्यु भएको हो ।

योसँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४२८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक १७ गते बुधबार
ताजा समाचार