२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

आइतवार बाँकेमा ४ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा आइतवार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ३९ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा १७ नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बागेश्वरी ल्याबमा २२ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

आइतवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ र बर्दियाका २ जना छन् । बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ६१ पुगेको छ ।

यस्तै आइतवार १ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार १०८ पुगेको छ ।

प्रकाशित मिति : २०७८ मंसिर १२ गते आइतबार
ताजा समाचार