२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा ७ संक्रमित थपिए, ६ जना डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा बुधवार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ७१ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ३० नमुना परीक्षण गर्दा २, मेडिकल कलेज कोहलपुरमा ३४ नमुना परीक्षण गर्दा ४ र बागेश्वरी ल्यावमा ७ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण देखिएको छ ।

बुधवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय २१ पुगेको छ ।

यस्तै बुधवार थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ६२ पुगेको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक २४ गते बुधबार
ताजा समाचार