२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा ३ संक्रमित थपिए, ४ डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा मंगलवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन वटा प्रयोगशालामा ५५ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरीमा १७ नमुना जाँच्दा २, कोहलपुर मेडिकल कलेजमा २१ नमुना जाँच्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्यावमा १७ नमुना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ४१ पुगेको छ ।

यस्तै मंगलवार ४ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ७३ पुगेको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक ३० गते मंगलबार
ताजा समाचार