२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा शुक्रवार ७ संक्रमित थपिए, ३ डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा शुक्रवार कोरोना भाइरसका ७ जना संक्रमित थपिएका छन् । जिल्लाका तीन वटा प्रयोगशालामा ११६ वटा नमुना जाँच्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा ५० नमुना जाँच्दा ३ जनामा, मेडिकल कलेज कोहलपुरमा ४५ नमुना जाँच्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै बागेश्वरी प्रयोगशालामा २१ नमुना जाँच्दा सबै रिपोर्ट नेगेटिभ आएको केन्द्रले जनाएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजाार ४ सय ५० पुगेको छ ।

यस्तै शुक्रवार ३ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ८१ पुगेको छ ।

प्रकाशित मिति : २०७८ मंसिर ३ गते शुक्रबार
ताजा समाचार