२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा बिहीवार १५ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा विहीबार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ५३ नमुना परीक्षण गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १४ नमुना परीक्षण गर्दा ४, मेडिकल कलेज कोहलपुरमा २१ नमुना परीक्षण गर्दा १० र बागेश्वरी ल्यावमा १८ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण देखिएको छ ।

विहीबार संक्रमण पुष्टि भएकामध्ये बाँकेका १० जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ३१ पुगेको छ ।

यस्तै विहीबार थप १ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ६३ पुगेको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक २५ गते बिहीबार
ताजा समाचार