२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

कोरोनाबाट बाँकेका एक जनाको मृत्यु



नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकाका थप एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. ५ का ६५ वर्षीय पुरुष उपचारका क्रममा भेरी अस्पतलमा मृत्यु भएको हो ।

गत ८ गते कोरोना पुष्टि भएको उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उनको शुक्रवार दिउँसो साढे दुई बजे मृत्यु भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकले जनाएको छ ।

योसँगै बाँके जिल्लाका मृतकको संख्या ३४२ पुगेको छ भने उपचार गराउन बाँके आएका बाहिरी जिल्लाका ४३३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७८ मंसिर १० गते शुक्रबार
ताजा समाचार