बाँकेमा शुक्रवार ७ संक्रमित थपिए, ३ डिस्चार्ज

सदरलाइन संवाददाता ३ मंसिर २०७८, शुक्रबार १४:३६
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार कोरोना भाइरसका ७ जना संक्रमित थपिएका छन् । जिल्लाका तीन वटा प्रयोगशालामा ११६ वटा नमुना जाँच्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा ५० नमुना जाँच्दा ३ जनामा, मेडिकल कलेज कोहलपुरमा ४५ नमुना जाँच्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।


यस्तै बागेश्वरी प्रयोगशालामा २१ नमुना जाँच्दा सबै रिपोर्ट नेगेटिभ आएको केन्द्रले जनाएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजाार ४ सय ५० पुगेको छ ।

यस्तै शुक्रवार ३ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ८१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बस दुर्घटनामा मृत्यु हुने चारैजनाको सनाखत

३ मंसिर २०७८, शुक्रबार १४:३६
रोल्पा : रोल्पाको माडी गाउँपालिका–४ तार्केबाङमा भएक बस दुर्घटनामा परी मृत्यु हुने चारैजनाको सनाखत भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा रोल्पाको परिवर्तन गाउँपालिका–५ का बस चालक ४० वर्षीय वीरमान बुढा, परिवर्तन–६ का ५० वर्षीय कुमार पुन, परिवर्तन–१ का २९ वर्षीय दीपक रोका र त्रिवेणी गाउँपालिका–४ की १८ वर्षीया पुष्पा […]