२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा सोमवार दश जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा सोमवार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७८ नमुना परीक्षण गर्दा थप १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा ३६ नमुना परीक्षण गर्दा ९ र मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ । बागेश्वरीमा १७ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको थियो । सोमवार पुष्टि भएकामध्ये बाँकेका ९ जना छन् ।

नेपालगञ्जका २, खजुराका ३, बैजनाथका २ र कोहलपुरका २ जना हुन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३०७ पुगेको छ ।

प्रकाशित मिति : २०७८ असोज २५ गते सोमबार
ताजा समाचार