चितुवाको आक्रमणबाट कञ्चनपुरमा ६ वटा बाख्रा मरे

सदरलाइन संवाददाता २१ आश्विन २०७८, बिहीबार १५:११
 

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका जयसिंह धामीको फार्ममा रहेका ६ बाख्रा चितुवाले आक्रमण गरी मारेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गए राति बस्ती छिरेको चितुवाले फार्ममा रहेका बाख्रा मारेको हो । व्यावसायिक रुपमा फार्म सञ्चालन गर्दै आएका धामीले चितुवाले बाख्रा मार्दा एक लाख २५ हजार बढीको नोक्सानी भएको बताए । ‘बिहानको झिसमिसेमै बाख्रा कराउन थालेपछि फार्ममा पुग्दा १२ मध्ये चितुवाले छवटा बाख्रा मारिसकेको थियो’, उनले भने, ‘चितुवाले गर्दा निकै ठूलो क्षति बेहोर्नुपरेको छ ।’


मारिएका बाख्रामध्ये तीन बाख्रा ब्याउने अवस्थाका थिए । ६ लाख लगानी गरी धामीले फार्ममा बङ्गुर र बाख्रा पालन गर्दै आउनुभएको छ । फार्ममा पालिएका २० बङ्गुर भने सकुशल रहेका छन् । केही महिनाअघि समेत चितुवाले खोरबाट स्थानीय बासिन्दाका बाख्रा मारेर खाएको थियो ।

चितुवा बस्तीमै छिर्न थालेपछि यस क्षेत्रका बासिन्दा निकै चिन्तित भएका छन् । चितुवाले बाख्रा मारेपछि निकुञ्ज कार्यालय र प्रहरीलाई खबर गरिएको धामीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा चार जनाको ज्यान गयो

२१ आश्विन २०७८, बिहीबार १५:११
नेपालगञ्ज : बाँकेमा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा तीन जना महिला र एक पुरुष रहेका छन् । भेरी अस्पतालमा उपचाररत दंगीशरण गाउँपालिका १ दाङकी ३७ बर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । […]

सम्बन्धित