सदरलाइनडटकम,
धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दिर्घ सोडारी पदमुक्त भएका छन् । उनललाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका हुन् । आन्तरिक विवादका कारण उनलाई पदमुक्त गरिएको भट्टको सचिवालयले जनाएको छ ।
सोडारी निकट स्रोतले पार्टीको आन्तरिक गुटबन्दीका कारण मन्त्रीबाट हटाइएको आरोप लगाएको छ । सोडारी एमालेका कैलाली जिल्ला अध्यक्ष हुन् ।
