नेपालगन्ज उपमहानगरलाई महानगर बनाउन माग

१५ बैशाख २०७५, शनिबार १९:२६
 


सदरलाइनडटकम
१५ बैशाख, नेपालगन्ज :  जिल्ला समन्वय समिति बा“केको दोस्रो जिल्ला सभाले नेपालगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव कार्यान्वयन गर्नका लागि प्रदेश र केन्द्र संसदका सभाषद मार्फत सरकारलाई माग गरिने जनाइएको छ ।यस्तै बा“के जिल्लालाई प्रदेशको राजधानी बनाउने प्रस्तावलाई पारित गरेको छ । बा“केलाई पनि प्रदेशिक राजधानी गराउनुपर्ने भन्दै आन्दोलन समेत भएको थियो ।
तर केही दिनअघि सम्पन्न भएको जिल्ला सभाले बा“केलाई राजधानी बनाउनुपर्ने प्रस्ताव पारित गर्दै निर्णयका लागि प्रदेश सभा र प्रतिनिधिसभा मार्फत केन्द्रलाई दबाब दिइने निर्णय भएको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापाले बताइन ।
जिल्ला समन्वय समितिले नेपालगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउने प्रस्ताव पारित गरेको छ । यस्तै औधोगिक क्षेत्र बनाउने , नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउने प्रस्ताव पारित गरेको छ ।
यस्तै दुईवटा चक्रपथ बनाउने र निरन्तरता दिने (कुमुद चक्रपथ), भेरि अन्चल अस्पताललाई शिक्षण अस्पताल बनाउने र तटबन्धन निर्माण (राप्ति, डुडुवा, मानखोला) गर्ने निर्णय गरेको छ । त्यसको कार्यान्वयन भने प्रदेश वा केन्द्र सरकारले गर्नेछ । त्यसका लागि जनप्रतिनिधि मार्फत दबाब दिइने जनाइएको छ ।

Next Post

धम्बोझीको जे. शर्मा मेडिकलमा सर्ट सर्किट हुँदा आगलागी, दुई करोड बढीको क्षतिको अनुमान

१५ बैशाख २०७५, शनिबार १९:२६
सदरलाइनडटकम १६ बैशाख, नेपालगन्ज  : नेपालगन्जको धम्बोझीमा रहेको जे.शर्मा मेडिकल स्टोरमा गएराती भिषण आगलागी भएको छ । आईतबार बिहान करिव पौने २ बजेतिर भएको सो आगलागी विद्युतिय सर्ट सर्किटबाट भएको बताईएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका ईन्चार्ज प्रहरी निरिक्षक राजन गौतमले दिएको जानकारी अनुसार सो आगलागिमा प्रारम्भिक क्षति करोड […]