कर्णालीमा मिनीबस खस्दा सहचालक बेपत्ता

सदरलाइन संवाददाता २० चैत्र २०७८, आईतवार १८:२९
 

कालिकोट : कर्णाली नदीमा मिनीबस खस्दा एक जना बेपत्ता भएका छन्।

कालिकोटको पचालझरना गाउँपालिका–८ मा पर्ने भुइँचेचाङ र खोली बजारबीचको भागमा पर्ने जीतेगडा–कोल्टी सडकखण्डबाट मिनीबस नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

आइतबार दिउँसो २ः४० मा कर्णाली प्रदेश ००२ ख ०१६२ नम्बरको मिनीबस दुर्घटनामा परेको प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए। प्रहरीमा भएको इन्ट्री रेकर्डअनुसार उक्त गाडीमा चालक, सहचालक र एकजना महिला यात्रु थिए। उनीहरूमध्ये सहचालक बेपत्ता छन्।


‘हाम्रोमा भएको इन्ट्रीअनुसार तीनजना मात्र देखिएको छ, त्यसमध्ये एकजना बेपत्ता हुनुहुन्छ,’ प्रहरी निरीक्षक शाहीले भने, ‘चालकको अवस्था बोल्न नसक्ने छ, महिलालाई सामान्य चोट लागेको छ।’

उनका अनुसार चालक कृष्णबहादुर शाही छन्। यात्रु महिला कालिकोटको पचालझरना गाउँपालिका–८ की सलानी कार्की हुन्। बेपत्ता सहचालकको पहिचान खुलेको छैन।

गाडी नदीभित्रै डुबेको उनले बताए। जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरीको टोली गइरहेको शाहीले जानकारी दिए। उक्त गाडी पचालझरना गाउँपालिकाको लालीगाडदेखि पलाँता गाउँपालिकाको थिर्पु जाँदै थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कञ्चनपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु

२० चैत्र २०७८, आईतवार १८:२९
नेपालगञ्ज : कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोमबार भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा बसको ठक्करबाट मन्जु बुडालको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ना४ख ४४६६ नम्बरको बसले बाटो पार गर्न लागेकी बुडाललाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको कञ्चनपुर प्रहरीले […]