सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा थप ६ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालगञ्जस्थित आदर्शनगर आइसोलेशन केन्द्रबाट खजुराका ४ जना र नेपालगञ्ज उपमहानगरपालिकाका १ जना गरी ५ पुरुष डिस्चार्ज भएका छन् ।
यस्तै खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशनबाट खजुराकी १ महिला निको भएर बुधवार डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
योसँगै बाँकेमा कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ३ सय ७९ पुगेको छ । अब आइसोलेशनमा २६ जना मात्र छन् ।
