कोरोनाबाट बाँकेमा चार जनाको ज्यान गयो

सदरलाइन संवाददाता २२ आश्विन २०७८, शुक्रबार ११:२७
 

नेपालगञ्ज : बाँकेमा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा तीन जना महिला र एक पुरुष रहेका छन् ।

भेरी अस्पतालमा उपचाररत दंगीशरण गाउँपालिका १ दाङकी ३७ बर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।


त्यस्तै कोरोनाबाट मृत्यु हुनेमा अन्य तीन जना बर्दिया जिल्लाका रहेका छन् । ओलीका अनुसार मृत्यु हुनेमा बारबर्दिया ११ बर्दियाकी ४२ बर्षीया महिला, राजापुर नगरपालिका ४ की ५२ बर्षीया महिला र राजापुर नगरपालिका ८ का ३५ बर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकहरु सबैको केही घण्टाको फरकमा मृत्यु भएको ओलीले जानकारी दिएका छन् । यो संगै बाँके जिल्लामा कोरोनाबाट मृत्युु हुनेको संख्या ३३५ र बाहिरी जिल्लाका मृतकको संख्या ४२३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बडा दशैंको दोस्रो दिन बागेश्वरी मन्दिरमा दर्शनार्थीको घुईंचो

२२ आश्विन २०७८, शुक्रबार ११:२७
नेपालगञ्ज : बडा दशैंको दोस्रो दिन शुक्रवार देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि शुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आरधाना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिन बिहीवार घटस्थापनामा शैलपुत्री देवीको […]

ताजा अपडेट