सुदूरपश्चिमको वातावरण सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत

सदरलाइन संवाददाता १२ फाल्गुन २०७७, बुधबार १७:२६
 

धनगढी : सुदूरपश्चिम प्रदेशको वातावरण संरक्षण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको अध्यादेश प्रदेश सभाबाट बहुमतले स्वीकृत भएको छ ।

आज बसेको प्रदेश सभाको बैठकमा अध्यादेश बहुमतले स्वीकृत भएको हो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले प्रदेश सभाबाट अध्यादेश स्वीकृत गरियोस भन्ने प्रस्ताव सभामा पेश गरेकी थिइन् ।


बैठकमा प्रतिपक्षीले अध्यादेश स्वीकृत गर्न नहुने भन्दै विपक्षमा आफ्नो मत जाहेर गरेका थिए । प्रस्ताव स्वीकृत हुनु पर्ने पक्षमा बहुमत भएको भन्दै सभामुख अर्जुनबहादुर थापाले बहुमतले अध्यादेश स्वीकृत भएको घोषणा गरे ।

Next Post

लिटिल फ्लावर प्रिमियर लिगको खेल तालिका सार्वजनिक

१२ फाल्गुन २०७७, बुधबार १७:२६
धनगढी : फागुन १५ देखि २९ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटिल फ्लावर प्रिमियर लिग–५ को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर विद्यालय स्तरीय यु– १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल तालिका सार्वजनिक गरेको हो । प्रकाशित खेल तालिका […]